symbolic photo
काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा उठ्नका लागि खोटङको दिप्रुङ गाउँपालिका–४ बतासेस्थित जनता माविका शिक्षक वसन्त राईले वैशाख ५ मा पदबाट राजीनामा दिए ।
कांग्रेस समर्थक शिक्षक राईले दिप्रुङ गाउँपालिका प्रमुखमा उठ्नका लागि अन्तिम समयसम्म टिकटका लागि लबी गरे । मन मिल्ने नेता साथीको सरसल्लाहमै उनले छँदाखाँदाको जागिर छाडे । तर, टिकट लिने/दिने क्रममा कांग्रेसभित्रको कडा प्रतिष्पर्धामा उनी पछि परे । ‘टिकट लिएर लड्नकै लागि शिक्षकबाट राजीनामा दिएर राजनीतिमा आएको हुँ’ पूर्वशिक्षक राईले भने, ‘तर, टिकट हात परेन । अब टिकट पाउनेलाई सहयोग गरेर अघि बढ्छु ।’
उनी त एक प्रतिनिधि उदाहरण मात्र हुन् । आगामी असार १४ गते हुने निर्वाचनका लागि खोटाङका ५ मावि शिक्षक, २ निमावि शिक्षक र १४ प्रावि तहका शिक्षकले जागिर छाडेका छन् । जागिर छाड्नेमध्ये केहीले टिकट पाए पनि केही भने यता न उता भएका छन् । यो खबर आजको नागरिकमा छापिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago