काठमाण्डौ । निर्वाचन आयोगले सरकारले तोकेको बैशाख ३१ गतेको स्थानीय निर्वाचनका लागि निर्वाचन कार्यक्रमहरुको तालिका सार्वजनिक गरेको छ । 

बुधबार आयोगले उम्मेद्वारहरुको मनोनयन दर्तादेखि निर्वाचनसम्मको कार्यतालिका सार्वजनिक गरेको हो । 

आयोगले बैशाख १६ गते गाउँपालिका तथा नगरपालिका केन्द्रमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म इच्छुक उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्ने भनेको छ । 

सोही दिन ५ः३० बजे मनोनयन दर्ता भएको उम्मेद्वारको सूचि सार्वजनिक हुनेछ भने १७ गते १० बजेदेखि १ बजेसम्म उम्मेद्वारको विरोधमा उजुरी दिन सकिनेछ । आयोगले १७ देखि १८ गते बिहान ११ः३० सम्मको अवधिलाई मनोनयन पत्र जाँच गर्ने समय छुट्याएको छ । 

बाँकी निर्वाचन कार्यक्रमहरु यस्ता छन् :