Himalaya Airlines to launch Daily Direct Flight to Doha
काठमाण्डौ । हिमालय एअरलाइन्सले यही असार २७ देखि दोहा(कतार)मा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ ।
सो गन्तव्यका यात्रुहरुबाट आएको मागलाई सम्बोधन गर्न दैनिक उडानको सेवा संचालन गर्न लागिएको एयरलाइन्सले जनाएको छ ।
एअरलाइन्सले नियमित उडानको समयतालिका समेत सार्वजनिक गरेको छ । जसअनुसार विमान काठमाण्डौबाट २३ः०० बजे(स्थानीय समय) उडेर ०१ः३० बजे (स्थानीय समय)मा दोहा अवतरण गर्ने छ । यसैगरी, बिमान भोलिपल्ट दोहाबाट ०२ः३० बजे (स्थानीय समय)मा उडेर १०ः १५ बजे (स्थानीय समयमा) काठमाण्डौ अवतरण गर्ने छ ।
एअरलाइन्सले हाल साताको ३ दिन मंगलबार, बिहीबार र शनिवार उडान सञ्चालन गरिरहेको छ । हिमालय एअरलाइन्सले २०७३ जेठ १८ गतेदेखि दोहा(कतार)लाई आाफ्नो पहिलो गन्तव्य बनाउँदै पहिलो नियमित उडान सुरु गरेको थियो । एअरबस ३२०–२१४ विमानमा ८ बिजनेस क्लास र १५० इकोनोमी क्लास सिट क्षमता छ ।
एयरलाइन्सका भाइस प्रेसिडेन्ट विजय श्रेष्ठले दोहालाई प्राथमिकतामा राखेर दैनिक उडान संचालन गर्न लागिएको प्रष्ट्याए । उनले आफूहरुको सेवा अरुको भन्दा उत्कृष्ट हुने दाबी समेत गरे ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19