काठमाण्डौ । हेटौडा उपमहानगरपालिकामा पूर्व एमाले र एमालेबीच कडा टक्कर देखिएको छ ।
यसअघिको निर्वाचनमा मेयरमा जित हात पारेको एमालेसँग पूर्व एमालेहरुको कडा टक्कर देखिएसँगै भिडन्त रोचक बन्दै गएको छ ।
सुरुवातमा एमालेका उम्मेद्वारले अग्रता लिइरहेको यो उपमहानगरमा अहिले भने नेकपा एकीकृत समाजवादीका उम्मेद्वारले अग्रता लिएका छन् ।
सत्ता गठबन्धनबाट मेयरमा उम्मेदवार बनेकी पूर्व एमाले तथा नेकपा एसकी उम्मेद्वार मिनाकुमारी लामाले १०९ मत पाएकी छन्।
उनलाई राप्रपा नेपालकोसमेत समर्थन रहेको नेकपा एमालेका अनन्तप्रसाद पौडेलले १०४ मतसहित पछ्याइरहेका छन्।
यो नगरमा राप्रपाका दीपकबहादुर सिंहले ५४ मत ल्याएका छन् ।
उपमेयरमा पनि गठबन्धनका उम्मेदवारले नै अग्रता लिन थालेका छन् । नेपाली कांग्रेसका राजेश बानियाँले १३४ मत पाउँदा एमालेका सुमित्रा काफ्लेले १२४ मतसहित पछ्याइरहेकी छिन् । राप्रपाकी इन्दिरा न्यौपानेले १७ मत पाएकी छिन् । मतगणना जारी छ ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19