Trekking Agencies' Association of Nepal (TAAN)
काठमाण्डौ । बढ्दो महङ्गी अनुसार हरेक दुई वर्षका पर्यटन श्रमिकको तलब भत्तामा हेरफेर गर्नुपर्ने लगायत माग समेटी पर्यटन श्रमिकहरुले ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल(टान) मा १५ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल ट्रेकिङ ट्राभल र्याफ्टिङ एयरलाईन्स मजदुर युनियन(यूनिट्राभ), नेपाल पर्यटन श्रमिक संघ, अखिल नेपाल पर्यटन मजदुर संघ, अखिल नेपाल क्रान्तिकारी पर्यटन मजदुर संघ गरी चार मजदूर संगठनले टानका अध्यक्ष चन्द्र रिजालसमक्ष संयुक्त ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्रमा पर्वतीय तथा पदयात्रा क्षेत्रका मजदुरको खाइ पाई आएको ज्याला र तलबमा २५ प्रतिशत वृद्धि गरिनुपर्ने, विगतको टान कार्यसमिति र श्रमिक युनियन बीच भएको सहमति अनुसार एककरोड पचास लाखको कल्याणकारी कोष स्थापना गरिनुपर्ने, कम्पनीको नाम खुलाएर पर्यटन श्रमिकको स्थायी वा अस्थायी परिचयपत्रको ब्यवस्थापन गरिनुपर्ने, श्रमिकको रोजीरोटी एवं बिदेशीको सुरक्षाका लागि कुनै पनि बिदेशी नागरिक ट्रेकिङ जाँदा अनिवार्य रुपमा श्रमिकको प्रतिनिधित्व गराईनुपर्ने माग गरिएको छ ।
यसैगरी, श्रमिकको दुर्घटना बिमाबापत १५ लाख र मेडिकल बिमाबापत ७ लाखको व्यवस्था हुनुपर्ने, ट्रेकिङ मजदुरलाई चार्डपर्व खर्चबापत प्रतिव्यक्ति १० हजार प्रदान गर्ने व्यवस्था मिलाइनुपर्ने, अनुभवी, दक्ष र अनुमतिपत्र प्राप्त गाइडलाई मात्र ट्रेकिङमा पठाइनुपर्ने, माउण्टेन गाइडको सेवासुबिधामा ४० प्रतिशत वृद्धि गरिनुपर्ने माग पनि गरिएको छ ।
श्रमिक संगठनहरुले २१ दिनभित्र आफ्ना जायज माग सम्बोधन नभए ट्रेकिङ रुट नै चल्न नदिने चेतावनी समेत दिएका छन् ।
ज्ञापनपत्र बुझ्दै अध्यक्ष चन्द्र रिजालले टानबाट गर्न सकिने सबै माग पूरा हुने आश्वासन दिए । मजदुरको कल्याणकारी कोष स्थापना गराउनुपर्नेतर्फ आफूले पनि विशेष ध्यान दिएको बताउँदै उनले श्रमिकहरुका बारेमा राज्यले सम्बोधन गर्नुपर्ने विषयहरुलाई पूरा गराउनेतर्फ पनि सहयोग गर्ने बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago