काठमाण्डौ । देशका ३४ जिल्लामा मंगलबार(आज)देखि चुनावी चटारो सुरु भएको छ ।

यी जिल्लामा पर्ने स्थानीय निकायको निर्वाचनको मनोनयन दर्ता समेत आजैदेखि सुरु भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार १० बजेदेखि नै  मनोनयन दर्ताको क्रम सुरु भएको हो । आज ५ बजेसम्म उम्मेद्वारले मनोनयन दर्ता गर्नुपर्नेछ ।  

मनोनयन दर्ताको  कार्यक्रम सुरु भइसक्दा समेत कतिपय महत्वपूर्ण क्षेत्रमा कांग्रेस र एमालेले आफ्नो उम्मेद्वार छनौट गरिसकेका छैनन् । काठमाण्डौको उम्मेद्वार छनौटका लागि एमालेको बैठक बसिरहेको छ भने कांग्रेसका शीर्ष नेताहरुको बैठक समेत केही महानगर र उपमहानगरका मेयर तथा उपमेयरको उम्मेद्वारको टुंगो लगाउन जारी छ ।

१९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनका कारण यी ३४ जिल्लामा छुट्टै रौनक देखिएको स्थानीय पत्रकारहरुले बताएका छन् । उनीहरुका अनुसार लामो समयदेखि जनप्रतिनिधिविहीन भएका स्थानीय निकायले नयाँ प्रतिनिधित्व पाउने भएपछि दलका कार्यकर्तादेखि सर्वसाधारण मतदाता समेत निकै उत्साही देखिएका छन् ।

निर्वाचन आयोगले पहिलो चरणमा प्रस्तावित तीनवटा प्रदेश(३, ४ र ६)मा निर्वाचन गर्न लागेको हो । अन्य प्रदेशमा चाहि दोश्रो चरणमा निर्वाचन हुने बताइएको छ । यी तीन प्रदेशमा कुल ३४ जिल्लाहरु छन् ।

यी हुन् चुनाव हुँदै गरेका ३४ जिल्ला :
प्रदेश नम्बर ३ : सिन्धुली, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, काठमाडौं, ललितपुर र भक्तपुर गरी कुल १३ जिल्ला ।

प्रदेश नम्बर ४ : गोरखा, लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङजा, तनहुँ, कास्की र नवलपरासीका केही भाग समेत कुल ११ जिल्ला।

प्रदेश नम्बर ६ : हुम्ला, कालीकोट, डोल्पा, जुम्ला, दैलेख, मुगु, जाजरकोट, सुर्खेत, सल्यान र रुकुमको केही भाग गरी कुल ११ जिल्ला ।

यस्तो छ आयोगको निर्वाचन कार्यतालिका :