काठमाण्डौ ।  ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० वर्ष नाघेका आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने व्यवस्था गरिएको छ । 

बच्चादेखि बृद्धसम्म सबैका लागि निर्माण गरिएको एकीकृत पर्यटकीय गन्तव्यमा ज्येष्ठ नागरिकहरुको भ्रमणलाई उत्साहित बनाउने उद्देश्यले यो योजना ल्याइएको चन्द्रागिरी हिल्स लिमीटेडले जनाएको छ । 

यो योजनाअन्र्तगतको सेवा लिन पर्यटकहरुले ज्येष्ठ नागरिकको परिचय खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा उपलब्ध गराउनुपर्ने छ । 

आफ्नो जन्मदिनको अवसरमा चन्द्रगिरि केवलकार चढ्न जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई निशुल्क केबलकारको व्यवस्था कम्पनी व्यवस्थापनले यसअघि नै गरिसकेको छ । त्यसका अतिरिक्त तीन फीटसम्म उचाईं भएका बालबालिकाहरूलाई पूर्णत निशुल्क केबलकार चढ्न पाउने व्यवस्था कम्पनी स्थापनासँगै गरिँदै आइएको छ । साथै केबलकारको शुल्कमा स्थानीय नागरिक र विद्यार्थीहरुलाई पच्चीस प्रतिशत र शारीरिक रुपमा फरक क्षमता भएका व्यक्तिलाई पचास प्रतिशत छुटको व्यवस्था कम्पनीले गर्दै आएको छ ।