काठमाण्डौ । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले विवादास्पद अध्यादेश फिर्ता लिए पनि यसले प्रेरित गरेको अपराधलाई कानूनी उन्मुक्ति नदिन नमिल्ने बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै अध्यादेश फिर्ता लिनु स्वागतयोग्य कदम भए पनि यो प्रकरणसँग गाँसिएको अपहरणको शैलीमा समाजवादी पार्टीका एक सांसदलाई काठमाण्डौ ल्याइएको घटनाका दोषीलाई बालुवाटारको जग्गा फिर्ता गर्दा माफी दिइएको शैलीमा झै विवादास्पद ढंगले उन्मुक्ति दिन नमिल्ने बताएका हुन् ।
कांग्रेसले यो प्रकरणमा हस्तक्षेपयुक्त गहिरो अनुसन्धान र जोकोहीको संलग्नता रहे पनि इमानदार कानूनी कारबाहीका लागि समेत अपील गरेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19