झापा । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने दाबी गरेका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा.भट्टराईले शनिवार झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने दाबी गरेका हुन् । 
उनले मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएको बताउँदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने प्रष्ट्याए ।

संविधान आफैंमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भने–‘गणतन्त्रलाई संस्थागत गर्न मात्र मैले संविधानमा हस्ताक्षर गरेको हुँ ।’ विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संसोधन गर्नुपर्ने उनको भनाइ थियो ।