काठमाण्डौ । पूर्व माओवादी समूहका प्रभावशाली तथा प्रचण्ड निकटका नेता हरिवोल गजुरेलले पार्टी फुटाएर सत्तामा टिकिरहने योजनाका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश पास गराउने खेल खेलेका दाबी गरेका छन् ।
बिजशालासँग टेलिफोनमा कुरा गर्दै नेता गजुरेलले यस्तो दाबी गरेका हुन् ।
'ओलीले पार्टी फुटाउने योजनाका साथ यो अध्यादेश ल्याउनुभएको हो ।' उनले भने-'नभए यतिबेला यो अध्यादेशको के काम ? उहाँले पार्टी फुटाएर सत्तामा एकलौटी गर्ने उद्देश्यले यो काम गर्नुभएको हो ।'
पूर्व एमाले र पूर्व माओवादी मिलेर नेकपा बनेको करिब दुई वर्षपछि सत्तारुढ पार्टी फूटको संघारमा पुगेको हो ।
नेता गजुरेलले आफूहरुलाई यस्तो अध्यादेश मन्त्रीपरिषदमा आउँदैछ भन्ने विषयमा हिजो नै सूचना रहेको समेत दाबी गरेका छन् ।
उनले पछिल्लो समय सरकारमा रहेर ओलीले जनताविरोधी काम गरेका, एकलौटी ढंगले सरकार चलाउन खोजेका, प्रचण्डको सुझाव लिनको साटो उनैमाथि आक्षेप लगाउँदै छुद्र व्यवहार प्रदर्शन गरेका लगायतका आरोप लगाएका छन् ।
चीनका लागि नेपाली राजदूत लिलामणि पौड्याललाई फिर्ता गर्नेदेखि गभर्नर नियुक्ति, सर्वदलीय संयन्त्र बनाउने प्रचण्डको कुराप्रति ओलीको छुद्र अभिव्यक्ति, पार्टीको सचिवालयले गरेको महत्वपूर्ण निर्णय कार्यान्वयन नगरिएको अवस्था, कतिपय महत्वपूर्ण नियुक्तिहरुमा मनपरी लगायतले समेत पार्टी फूटको संघारमा रहेको प्रष्ट देखिइने भन्दै यसको सूत्रधार ओली नै रहेको उनको आक्षेप छ ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलमा ४० प्रतिशत वा केन्द्रीय सदस्यमा ४० प्रतिशत पुर्याएपछि पार्टी फुटाउन मिल्ने गरी अध्यादेश पारित गराएका छन् । नेकपाको केन्द्रीय समितिका ओली पक्षको पकड कमजोर रहे पनि संसदीय दलमा भने ओली सुविधाजनक अवस्थामा छन् । यही स्वार्थअनुसार ओलीले यस्तो अध्यादेश ल्याएका राजनीतिक विश्लेषकहरुको बुझाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago