काठमाण्डौ । पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई मंगलबार त्यहाँको विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।
देशद्रोहको मामिलामा दोषी ठहर गर्दै विशेष अदालतले पूर्वराष्ट्रपति मुसर्रफलाई मृत्युदण्डको फैसला सुनाइएको छ । उलाई सन् २००७ नोभेम्बर ३ मा पाकिस्तानमा संकटकाल लगाएकोले देशद्रोहको मुद्दा दर्ता गरिएको थियो । यो मुद्दाको सुनुवाइ सन् २०१३ देखि सुरु भएको थियो।
सन् २०१४ मार्च ३१ मा मुसर्रफमाथि लगाइएको आरोपमा सत्य साबित भएको थियो । त्यसपछि उनीविरुद्ध सोही वर्ष सेप्सेम्बरमा अभियोजन दर्ता गरिएको थियो ।
सन् २०१६ मार्चमा मुसर्रफ पाकिस्तान छाडेर दुबई गएका थिए । उनी ४५ महिनादेखि दुबईमै छन् । – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago