file photo
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदबाट पास भएका दुईवटा अध्यादेश जारी गरेकी छिन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले एक विज्ञप्तिमार्फत सोमबार राष्ट्रपतिबाट दुई अध्यादेश जारी भएका बताएका हुन् ।
सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्ले पारित गरेका राजनीतिक दल सम्बन्धी र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भण्डारीले साँझै जारी गरेकी हुन् ।
सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तीमा ४० प्रतिशत बहुमत हुनुपर्ने कानुनी प्रावधान हटाएर दुईमध्ये एकमा बहुमत भए पुग्ने व्यवस्थासहितको अध्यादेश जारी गर्ने निर्णय गरेको थियो।
यसैगरी, संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँचजनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले पारित गरेको थियो।
ती अध्यादेश आजै राजपत्रमा प्रकाशन गर्ने तयारी भइरहेको छ ।
राजनीतिक वृत्त नै तरंगित पार्ने गरी आएका दुई अध्यादेश मन्त्रीपरिषदबाट पारित भएको केही घण्टाभित्रै राष्टपतिले जारी गरी राजत्रपमा समेत प्रकाशन गर्ने तयारी हुनुलाई कतिपयले अर्थपूर्ण भनिरहेका छन् ।
स्मरणरहोस्, राष्ट्रपतिले जारी गरेका अध्यादेश संसद अधिवेशन सुरू भएको ६० दिनभित्र संसदको बहुमतबाट पारित हुनु पर्ने संवैधानिक प्रावधान छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago