काठमाण्डौ । अर्थमन्त्रीको रुपमा डा. युवराज खतिवडाले काम गर्ने भोलि(शुक्रबार) अन्तिम दिन हो । यहीकारण उनले आज(बिहीबार) नै पुल्चोकस्थित मन्त्री निवासबाट सामान सारेका छन् ।
मन्त्री निकट स्रोतका अनुसार डा. खतिवडाले धुम्बाराहीस्थित आफ्नो निवासमा मन्त्री क्वार्टरबाट सामान बिहीबार नै सारेका हुन् ।
राष्टियसभा सदस्यमा बामदेव गौतमको ठाउँमा डा. खतिवडालाई सिफारिस गर्न प्रधानमन्त्री केपी ओलीले खोजे पनि त्यो सफल नभएपछि अर्थमन्त्रीले बिहीबार नै राजीनामा दिन खोजेका थिए । राजीनामा पत्र तयार गरी प्रधानमन्त्रीलाई दिन खोजे पनि अहिले हतार नगर्नू भनेका कारण नदिएको स्रोतले बताएको छ ।
शुक्रबार बिहान ११ बजे ओलीले मन्त्रीपरिषदको बैठक बोलाएका छन् । सोही बैठकमा अर्थमन्त्री डा. खतिवडाको औपचारिक विदाई हुनेछ । स
डा. खतिवडालाई भोलि नै अर्थमन्त्रालयका कर्मचारीहरुले पनि फेयरवेल दिनेछन् ।
डा. खतिवडा ओली नेतृत्वको सरकारमा ३० महिनासम्म अर्थमन्त्री बने । तत्कालीन संचारमन्त्री गोकुल बास्कोटा ७० करोडको टेप प्रकरणमा फसी राजीनामा दिएपछि उनको मन्त्रालयको जिम्मेवारी समेत ओलीले डा. खतिवडालाई नै सुम्पिएका थिए । त्यति मात्र होइन, सरकारको प्रवक्ता समेत डा. खतिवडा नै थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago