काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमिटेडले दशैंतिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ ।
चन्द्रागिरी हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरी केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरी हिल्स रिसोर्टमा ६,५००।– (छ हजार पाँच सयमात्र) मा एक जोडीका लागि ब्रेकफास्ट र डिलक्स रुमसहितको प्याकेज सार्वजनिक गरेको छ । यो अफर आजैदेखि लागू भई १५ मङ्सिर २०७७ तद्अनुसार ३० नोबेम्बर २०२० सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19