काठमाण्डौ । प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुने भएको छ ।
राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीका लागि पेश भएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकोले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको प्रष्टीकरण दिएको छ ।
राष्ट्रपतिले दुवै दाबीलाई आधार नपुगेको भनेसँगै अब प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुने बाटोमा पुगेको छ ।
संविधानमा धारा ७६(५) बमोजिम सरकार गठन हुन नसके प्रधानमन्त्रीले संसद विघटनका लागि राष्टपतिसमक्ष सिफारिस गर्ने र सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्नसक्ने व्यवस्था गरिएको छ । अब मुलुक यही बाटोतर्फ अग्रसर भएको छ ।
यसको अर्थ अब चुनावी सरकारको प्रधानमन्त्री केपी शर्मा ओली नै हुनेछन् । उनकै नेतृत्वको सरकारले मध्यावधि निर्वाचन घोषणा गर्नेछ । अबको ६ महिनाभित्र निर्वाचन गराइसक्नुपर्नेछ ।
राष्ट्रपति कार्यालयले मध्यरातमा जारी गरेको विज्ञप्ति यस्तो छः
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19