file photo
काठमाण्डौ । अन्ततः प्रतिनिधिसभा संवैधानिक रुपमै भंग भएको छ ।
मध्यराति बसेको मन्त्रीपरिषद बैठकले प्रतिनिधिसभा भंगका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्दै मध्यावधि चुनावको मिति समेत घोषणा गरेको हो ।
सरकारले मध्यावधि चुनावको मिति कात्तिक २६ र मंसिर ३ लाई तोकेर राष्ट्रपतिसमक्ष सिफारिस गरिएको सरकारका प्रवक्ता पार्वत गुरुङले बिजशालालाई बताए ।
यसअघि राष्ट्रपति कार्यालयले शुक्रबार मध्यराति विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्रीका लागि पेश भएका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबीमा आधार नपुगेकोले दुवैलाई प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको प्रष्टीकरण दिएको छ ।
संविधानमा धारा ७६(५) बमोजिम सरकार गठन हुन नसके प्रधानमन्त्रीले संसद विघटनका लागि राष्टपतिसमक्ष सिफारिस गर्ने र सरकारले मध्यावधि निर्वाचनको घोषणा गर्नसक्ने व्यवस्था गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago