काठमाण्डौ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनको समर्थनमा मेयरमा उठेका नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । 

त्यहाँ हालसम्म २०० मत गणना हुँदा कांग्रेसको तर्फबाट मेयरका उम्मेद्वार प्रशान्त बिष्टले ७९ मत प्राप्त गरेका हुन् । 

यो उपमहानगरमा एमालेका मेयर उम्मेद्वार पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् । 

नेपालगञ्जमा उपमेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार कमरुद्धिन राईले ६८ मतसहितको अग्रता लिएका छन् । एमालेकी उपमेयर पदकी उम्मेद्वार शान्ति ढकालले २६ मत तथा राप्रपाकी बिन्दु चर्ती मगरले ७ मत प्राप्त गरेका छन् ।