विराटनगर । आर्थिक दृष्टिकोणबाट संघीय संरचनामा देश चलाउन निकै कठीन हुने कतिपय विश्लेषकहरुले टिप्पणी गरिरहँदा प्रदेश नम्बर १ का सांसदहरुको सपथ ग्रहण कार्यक्रम नै व्यापारीहरुको प्रायोजनमा भएको छ ।
निर्वाचन आयोगले प्रदेशसभातर्फको सांसदहरुको नामावली टुंगो लगाएपछि आइतबार देशभरका ७ वटै प्रदेशमा उनीहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको हो ।
यही क्रममा मोरङको विराटनगरस्थित वीरेन्द्र सभागृहमा समेत प्रदेश नम्बर १ का सांसदहरुको सपथ ग्रहण कार्यक्रम राखिएको थियो । सांसदहरुको सपथ ग्रहणका लागि आयोजित बैठकलाई सम्पूर्ण रुपले व्यापारीहरुले प्रायोजन गरेका थिए ।
बैठकमा सहभागी सांसदहरुका लागि कुर्सीदेखि लिएर जलपानसम्मको व्यवस्था मोरङ व्यापार संघ र उद्योग संगठन मोरङले मिलेर गरिदिएका थिए । वीरेन्द्र सभागृहका कुर्सीहरुको मर्मत, त्यसमा नयाँ कुसन पनि उनीहरुले लगाइदिएका थिए । व्यापारी र उद्योगीका यी दुई संस्थाले सपथग्रहण समारोहका आगन्तुकलाई स्वागतका लागि २ वटा गेट समेत प्रायोजन गरिदिएका थिए ।
यस्तै, उनीहरुले प्रदेशसभा सदस्य लगायत सो अवसरमा भेला भएका ६०० जनालाई जलपान पनि गराइदिएका थिए ।
प्रदेशसभाका सदस्यहरुको सपथ ग्रहण कार्यक्रमलाई व्यापारी र उद्योगीहरुले गरेको सम्पूर्ण प्रायोजनलाई कतिपयले अनौठो रुपमा बुझेका देखिएको छ । उनीहरुको भनाईमा सपथ ग्रहण नै व्यापारीको प्रयोजनमा गर्ने सांसदहरुले भोलिका दिनमा व्यापारीहरुको गुणप्रति अनुग्रहित भएर काम गर्नुपर्ने भएकोले यसले गलत संस्कारको सुरुवात भएको दाबी गरेका छन् । उनीहरुले सपथ ग्रहणका लागि सरकारले नै स्पष्ट बजेट विनियोजन गरेको अवस्थामा व्यापारीको प्रभावमा पर्नु गलत रहेको टिप्पणी गरेका छन् । ‘व्यापारीले प्रायोजन गरेको सपथ ग्रहणमा सपथ खाएकाहरुले भोलि व्यापारीको पक्षमा बढी र जनताको पक्षमा कम काम गर्न सक्ने संभावना हुन्छ ।’ एक टिप्पणीकर्ताले भने–‘व्यापारीले नै खर्च धानिदिएपछि यसले राज्यको रकम त बच्यो होला, तर सबै कार्यक्रम नै प्रायोजनमा गर्नु राम्रो होइन ।’
तर, कतिपयले भने यो स्वभाविक भएको प्रतिक्रिया दिए । चुनावमा यिनै व्यापारीको खर्च लिने नेताहरुले सपथ ग्रहण कार्यक्रममा उनीहरुको प्रायोजना स्वीकार गरे भन्ने बिषय अनौठो नरहेको अर्काथरिको तर्क छ ।
सपथ ग्रहण समारोहलाई दिल खोलेर प्रायोजन गरिदिएका उद्योगी र व्यापारीका संघसंस्थाका जिम्मेवार अधिकारीहरुले सरकारले विराटनगरलाई प्रदेश १ को अस्थायी मुकाम बनाइदिएकोले त्यसको खुशियालीमा यो काम भएको दाबी गरेका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago