Upendra Yadav
काठमाण्डौ । एमाले–माओवादीबीच एकता संयोजन समितिको बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई छापामार शैलीमा लगिएको खुलेको छ ।
बैठकस्थल बाहिर रहेका एक संचारकर्मीका अनुसार एमाले नेता अग्नी खरेलको गाडीमा छापामार शैलीमा बैठक सुरु हुनुुअघि उपेन्द्र यादवलाई प्रधानमन्त्री निवास बालुुवाटारमा लगिएको छ । बैठक जारी रहेकै बेला उनलाई छापामार शैलीमै लुकाएर करिब साढे ९ बजेतिर त्यहाँबाट बाहिर जाने व्यवस्था समेत गरिएको छ ।
संचारकर्मीहरुका अनुसार प्रधानमन्त्री निवासको दायाँतर्फको ढोकाबाट खरेलका गाडीमा सुटुक्क छिरेका यादव सोही गाडीमा एमाले माओवादी नेताहरुको बैठकमा सहभागी भएर फर्किएका देखिएको छ । उनलाई संचारकर्मीबाट लुकाउन मुख्य ढोकासम्मै गाडी लगिएको थियो ।
बम गठबन्धनको जारी एकता संयोजन समितिको बैठकमा उपेन्द्र यादवको प्रवेशलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमाले माओवादीका अध्यक्षबीच भएको सहमतिलाई ठोस रुप दिन जारी एकता संयोजन समितिको बैठकमा यादवलाई किन सहभागी गराइयो भन्ने कुरा खुल्न सकेको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago