काठमाण्डौ । एमाले र माओवादी केन्द्रबीच मन्त्रालयको भागबण्डा मिलेको छ । 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीचको छलफलमा मन्त्रालयमा भागबण्डाले निश्कर्ष पाएको हो । 

दुुई नेताबीचको सहमति अनुसार एमालेले अर्थ, संचारसहित १० मन्त्रालय राखेको छ भने माओवादीले गृह, उर्जा सहित ७ मन्त्रालय राखेको छ । 

मन्त्रालय भागबण्डा टुंगिएसँगै दुवै पार्टीले स्थायी कमिटीबाट मन्त्री बन्नेको नाम टुंग्याउने बताइएको छ । 

कसको भागमा कुन कुन मन्त्रालय परे, हेरौं सूचि:

एमालेको भागमा परेका मन्त्रालय
१.अर्थ तथा योजना
२.परराष्ट्र
३.रक्षा
४. सूचना तथा संचार
५.भौतिक पूर्वाधार तथा यातायात
६.शिक्षा तथा खेलकूद
७.पर्यटन
८. कानून, न्याय तथा संसदीय मामिला
९.स्वास्थ्य तथा जनसंख्या
१०.संघीय मामिला तथा सामान्य प्रशासन

माओवादीको भागमा परेका मन्त्रालय 
१.गृह
२.जलस्रोत तथा ऊर्जा
३.कृषि, सहकारी तथा भूमि व्यवस्थापन
४.उद्योग, वाणिज्य तथा आपूर्ति
५.शहरी विकास, आवास खानेपानी तथा सरसफाइ
६.वन तथा वातावरण
७.श्रम तथा रोजगार मन्त्रालय