-अरुणकुमार यादव 
राजविराज । पछिल्लो केही वर्षदेखि सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१ कोशी ब्यारेजस्थित पुराना भौतिक पूर्वाधारको जीर्णोद्धार तथा व्यवस्थापन हुन नसक्दा जोखिम बढ्नुका साथै यहा“ देखिएका पर्यटकीय स्थलहरू जीर्ण अवस्थामा पुगेको छ । 

कोशी ब्यारेजको पश्चिम तटबन्ध हु“दै जोडिएको ‘गोलघर’ र त्यहा“सम्म पुग्ने सडक पछिल्लो एक दशकदेखि जीर्ण र जर्जर अवस्थामा रहेको छ । समयमा आवश्यक मर्मत सम्भार नहुँदा ‘गोलघर’ जतिबेला पनि भत्किने र झर्ने अवस्थामा पुगेको छ भने सडक पुनःनिर्माणकै अवस्थामा पुगेको छ । 

कोशी ब्यारेज नेपाल तथा भारतका पर्यटकका लागि निकै आकर्षण केन्द्र रहेको छ । खासगरी पूर्व–पश्चिम राजमार्गस“गै जोडिएको कारण यहा“ ठूलो संख्यामा आन्तरिक र भारतीय पर्यटक आउने गर्दछन् । अध्ययन भ्रमणका क्रममा नेपाल तथा भारतका स्कूल, कलेजका विद्यार्थी तथा धार्मिक आस्था बोकेका पर्यटकसमेत हनुमानगर कंकालनी नगरपालिका–१ भारदहस्थित नेपालमै चर्चित रहेको कंकालनी भगवती मन्दिर र कोशी स्नानका लागि ठूलै संख्यामा आउने गरेको स्थानीय वीरेन्द्र प्रमाणी बताउनुहुन्छ । 

तर, पछिल्लो केही वर्षदेखि ब्यारेज क्षेत्रमा फोहर, अव्यवस्थित तथा पूर्वाधार जर्जर हुन थालेपछि यहा“ आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा कमी आएको कोशी नदीमा डुंगा चलाएर जीविकोपार्जन गर्दैआएका स्थानीय श्यामनारायण माझीले अनुभव सुनाउनुभयो । 

स्थानीय अगुवा शोभितलाल पघेया यादव गोलघर जीर्ण भएको झण्डै एक दशक हुन लाग्यो तर कसैको ध्यान मर्मततर्फ नपुगेको र कुनै बेला लडेर ठूलो दुर्घटना हुने अवस्था रहेको बताउनुहुन्छ । 

उक्त जीर्ण गोलघर वरिपरि गर्मीको बेला गाई गोरु चराउने बालबालिकादेखि मछुवारा र केरा कृषकसम्म बस्ने गरेको पाइन्छ । तर, तत्कालै उक्त घर मर्मतबारे ठोस पहल नगरिए कुनै बेला ठूलो दुर्घटना हुनसक्ने स्थानीयको भनाइ रहेको छ । 

यस्तै कोशी ब्यारेजदेखि उक्त ‘गोलघर’ सम्म पुग्ने झण्डै दुई किलोमिटर सडकसमेत जीर्ण भएको वर्षौं भइसक्दा पनि कसैको ध्यान पुगेको छैन । तर, सम्बन्धित निकायका रुपमा रहेको भारतको विरपुरस्थित कोशी परियोजनाको ध्यान नपुगेको स्थानीयवासीले जनाएका छन् । 

“गोलघरसम्म पुग्ने उक्त बा“ध भत्किए कोशी ब्यारेजको वर्तमान संरचना नै भताभंग हुन्छ” अर्का स्थानीय संघीय समाजवादी फोरम नेपालका नेता शम्भु झा भन्नुहुन्छ, “भारत सरकार प्रतिवर्ष करोडाँै रुपैया“ कोशीको काममा खर्चिने गर्छ, तर यतातर्फ ध्यान नपुगेको कारण ‘गोलघर’ भत्किने अवस्थामा रहेको छ । 

स्थानीयका अनुसार कोशी ब्यारेज क्षेत्रमा रहेका पुराना पूर्वाधारको जीर्णोद्धार, सडक निर्माण, शवदहका लागि उचित व्यवस्था गर्न सकिए यस क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने ठुलो सम्भावना रहेको छ । 

दुई देशबीच भएको सम्झौताअनुसार कोसी ब्यारेजको रेखदेखको सम्पूर्ण जिम्मेवारी भारत सरकारको हो । यस्तै शवदाहका लागि आवश्यक स्थान निर्धारण गरी व्यवस्थित शव दाहस्थल व्यवस्थापन गर्न नसकिएकाले ब्यारेज क्षेत्र झन फोहर र अव्यवस्थित भइरहेको भारदहका निवर्तमान गाविस अध्यक्ष पवनकुमार मण्डलले गुनासो गर्नुभयो । 

एक दशक लगाएर सन् १९६२ मा निर्माण भएको कोशी ब्यारेज(पुल)को आयु गएको सन् २०१२ मै सकिएको छ । भारतको कोलकतास्थित जोसेफ एण्ड कम्पनी लिमिटेडले सन् १९५२ देखि शुरु गरेको कोशी ब्यारेजको निर्माण कार्य सन् १९६२ मा सकेको थियो र त्यतिबेला पुलको आयु ५० वर्ष प्राविधिकले तोकेका थिए । 

कोशी ब्यारेजको रेखदेखस“गै मर्मतसहितका सम्पूर्ण जिम्मेवारी रहेका विहार सरकार मातहत कोशी परियोजनाका अधिकारीले भने पुलको आयु सकिए पनि दुर्घटनाचाहिँ भइहाल्ने अवस्था नरहेको बताउ“छन् । 

अहिले पनि पाँच लाख क्युसेक प्रतिसेकेण्ड बहाव गर्ने क्षमता कोशी ब्यारेजमा सुरक्षित रहेको प्राविधिकको दाबी छ । सन् १९९० यता कोशीमा पानीको बहाव पाँच लाखभन्दा कमै रहेको तथ्यांकले पनि कोशीको पुलमा खासै खतरा नरहेको भारतीय अधिकारीको दाबी छ । 

तर, कोशी ब्यारेजको तल्लो संरचना जीर्ण भइसकेको छ । जसका कारण ब्यारेजको तल्लो भागमा दर्जनौँ पिपलको बोट पलाइसकेको छ ।