काठमाण्डौ। नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा ‘न्यू इयर बोनान्जा’ ल्याएको छ ।

कम्पनीले भारतमा निर्मित फ्रेन्च डिएनए कार ब्रान्डको रुपमा विश्व प्रसिद्ध सिट्रोन इनोभेसन र स्टाइलको लागि नेपाली अटोमोबाइल उद्योगमा छुट्टै नाम बनाउन सफल भएको बताएको छ । 

उक्त अवसरमा ग्राहकहरूले सिट्रोनका दुई लोकप्रिय मोडलहरू  सिट्रोन सी ३ (पेट्रोल भर्जन) र सिट्रोन ईसी ३ (विद्युतिय भर्जन) मा नगद छूटलगायत अन्य फाइदाहरु प्राप्त गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरुले सिट्रोनको १.२ लिटर इन्जिन क्षमताको पेट्रोल भर्जन सिट्रोन सी- ३ मा २ लाख र विद्युतीय भर्जन सिट्रोन ईसी- ३ मा १ लाख रुपैयाँसम्मको लाभ पाउन सक्नेछन् ।


नयाँ वर्षको विशेष उपहारको रूपमा ग्राहकले प्रत्येक खरिदमा निःशुल्क सडक कर, एक वर्षको लागि निःशुल्क बीमा र निःशुल्क कार वास पाउन सक्ने पनि कम्पनीले बताएको छ ।

यसबाहेक ग्राहकहरूले क्यास बेनिफिट र एक्सचेन्ज बोनस पनि प्राप्त गर्ने उसको भनाइ छ ।


सिट्रोनका नेपालभर रहेका आधिकारिक डिलरहरुमार्फत् न्यू इयर बोनान्जा उपलब्ध हुने बताइएको छ ।