काठमाण्डौ । नेपालका लागि महिन्द्रा फोरह्विलरको एकमात्र आधिकारिक बिक्रेता रहेको अग्नि ग्रुपले आफ्ना सेवाग्राहीको सुविधाका निम्ति दमकमा २ एस सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
दमकमा हाल सञ्चालनमा रहेको महिन्द्रा ट्रयाक्टरको ३ एस शोरुममा अब महिन्द्रा गाडीका लागि २ एस सर्भिस सेन्टर पनि थपिएको हो। यस २ एस सर्भिस सेन्टरको उद्घाटन गत भदौ १६ का दिन दमक नगरपालिकाका मेयर राम थापा, दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माद्वारा अग्नि ग्रुपका प्रतिनिधिका साथसाथै अन्य अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो।
अग्नि ग्रुपले हाल नेपाल अधिराज्यभरि रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ। उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ अग्नि ग्रुपले आफ्ना सेवाहरु यसरी नै नेपालभरि विस्तार गर्ने लक्ष्य पनि लिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19