सिन्धुली । महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) ले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो फागुन ७ गते सिन्धुलीमा सार्वजनिक गरेको छ। 

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा एन्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक विक्रेता इनर्जी प्रालिले कमलामाई नगरपालिका –६ राम्माडीमा ट्रियो इलेक्ट्रिक अटो मेयर उपेन्द्रकुमार पोखरेल, उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका साथै अग्नि ग्रुपका प्रतिनिधिको उपस्थितिमा सार्वजनिक गरिएको हो। समारोहमा ५ जना ग्राहकलाई महिन्द्रा ट्रियो इलेक्ट्रिक अटो पनि वितरण गरिएको थियो।

अग्नि इनर्जीका कमलामाई नगरपालिका–६ राम्माडीका लागि विक्रेता मरिण इभरग्रिन इन्टरप्राइजेज प्रालिका प्रबन्ध निर्देशकद्वय खडकबहादुर श्रेष्ठ र टिकाबहादुर श्रेष्ठका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्। उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ।

कम्पनीका अनुसार नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ। नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री ह्विलर सवारीसाधनको शुभारम्भ गर्ने सही समय भएको छ। महिन्द्रा एन्ड महिन्द्राका लागि लास्ट माइल मोबिलिटीका उत्पादनहरू केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरूप हो। जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक रु. २ लाख (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन्।

महिन्द्रा ट्रियो १० हजार बढी सवार साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ।

ट्रियो ठूलोमात्र नभइ, विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २०७३ मिलिमिटर ह्विलबेसका साथ जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ। यस सवारी साधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ। पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ।