चितवन । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो मगंलबार एक समारोहबीच चितवनमा सार्वजनिक गरेको छ।
अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी) का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९ हाकिमचोकमा पनि ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो। महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्ट ८ लाख ४० हजार शोरुमको मूल्यमा प्रस्तुत गरिएको छ।
महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ।
दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ। महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख रुपैयाँ (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन्।
महिन्द्रा ट्रियो १० हजारभन्दा बढडी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ।
अग्नि इनर्जी हाकिमचोकका लागि बिक्रेता सेन्ट्रल अटो जोन प्रालिका प्रबन्ध निर्देशक राजेन्द्र बाटाजुका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्। उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरुका साथ ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ।
कम्पनीका अनुसार नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ। ‘नेपाल सरकारले विद्युतीय सवारीसाधनको प्रवद्र्धन गर्दै आएकाले यहाँ हाम्रो विद्युतीय थ्री ह्विलर सवारीसाधनको ँ शुभारम्भ गर्ने सही समय भएको छ। महिन्द्रा एन्ड महिन्द्राका लागि ‘लास्ट माइल मोबिलिटीका उत्पादनहरु केन्द्रीत क्षेत्र हो र ट्रियो अटो स्थायित्वसँग संयुक्त प्रविधिको एक प्रतिरुप हो, जसले परम्परागत पेट्रोल अटोको तुलनामा ठूलो बचतसँगै आफ्नो स्वमित्वकर्ताको जीविकामा उल्लेखनीय रूपमा वृद्धि गर्नेछ’, कम्पनीले भनेको छ।
ट्रियो ठूलोमात्र नभई विद्युतीय सवारीसाधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर ह्विलबेसका साथ जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ। यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ। पूर्ण रुपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरुको विस्तृत जानकारी प्रदर्शन गर्दछ।
महिन्द्रा ट्रियोका प्रमुख विशेषताहरु
१. पेट्रोल थ्री ह्विलरको तुलनामा बढी बचत गर्ने
२. उत्कृष्ठ पर्फेमेन्स
३. उन्नत लिथियम आयोन ब्याट्री
४. थकानमुक्त ड्राइभिङ अनुभव
५. आकर्षक डिजाइन
६. उत्कृष्ठ (इन्डस्ट्री बेस्ट) वारेन्टी नेपालमा पनि
६. विद्युतीय अटोमोबाइल उद्योगमै–पहिलो कनेक्टेड नेमो मोबिलिटी प्लेटफार्म
८. अन्य विशेषताहरु
अग्नि इनर्जीको बारेमा
अग्नि इनर्जी प्रा लि अग्नि समूहको सहायक कम्पनी र महिन्द्रा इलेक्ट्रिक गाडी, महिन्द्रा युटिलिटी सवारी साधन तथा ट्रयाक्टर, डिजेल जेनरेटर आदिको अधिकृत वितरक कम्पनी हो। आज अग्नि देशकै अग्रणी युटिलिटी सवारी साधनको वितरक हो र सन् १९९१ देखि नेपालमा महिन्द्रा ब्रान्डको विरासतलाई सफलतापूर्वक निरन्तरता दिँदै आएको छ। अग्नि इनर्जी, अग्नी ग्रुपअन्तर्गत जसले सन् २०१२ देखि सञ्चालनमा आएको एउटा नयाँ कम्पनी हो, जुन मुख्यतयाः ऊर्जा क्षेत्र र विद्युतीय सवारी साधनमा केन्द्रित रहँदै आएको छ। यसका डिलरहरु नेपालभरि रहेका छन्।
महिन्द्राका बारेमा
सन् १९४५ मा स्थापना गरिएको महिन्द्रा ग्रुप १०० भन्दा बढी देशहरुमा २,६०,००० कर्मचारी भएका कम्पनीहरुको सबैभन्दा ठूलो र प्रशंसनीय बहुराष्ट्रिय महासंघ हो। यसको भारतमा कृषि उपकरण, उपयोगिता सवारी साधन, सूचना प्रविधि र वित्तीय सेवाहरुमा नेतृत्वदायी स्थान प्राप्त छ र संख्यात्मक रूपमाद्वारा विश्वकै सबैभन्दा ठूलो ट्रयाक्टर कम्पनी हो। नवीकरणीय ऊजा, कृषि, लजिस्टिक, हस्पिटालिटी र रियल इस्टेटमा यसको बलियो उपस्थिति छ।
महिन्द्रा ग्रुपल विश्वव्यापी रूपमा ईएसजीको नेतृत्व गर्ने, ग्रामीण समृद्धिलाई सक्षम बनाउने र शहरी जीवनलाई उकास्ने, समुदाय र सरोकारवालाहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने र उनीहरुको उदयका लागि सक्षम तुल्याउने लक्ष्यमा स्पष्ट ध्यान दिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago