काठमाण्डौ । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अनतर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो।
महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका सवारीसाधनहरुसहितको थ्रीएस सेटअपयुक्त यो शोरुम डडेल्धुराको कीर्तिपुरमा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अमरगढी नगर उपप्रमुख संगीता भण्डारीले शनिबार स्थानीय प्रतिनिधिहरुसहित संयुक्त रुपमा उद्घाटन गरेका हुन्।
अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार कम्पनी उपभोक्ताको आवश्यकताअनुसार विभिन्न शृंखलाका उत्पादनहरु उपलब्ध गराउनमा केन्द्रित रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरुमा समान गुणस्तर सेवाका कारण अधिकतम उपभोक्ता सन्तुष्टि पनि पाइरहेको छ।
उद्घाटन कार्यव्रmममा अग्नि ग्रुपका डडेल्धुर, कीर्तिपुरका लागि बिक्रेता साइपाल अटोमोबिल्स प्रालिका प्रबन्ध निर्देशक ज्ञानेन्द्र साउदका अनुसार महिन्द्रा गाडी किन्ने ग्राहकहरुले यो थ्री एस सेटअपअन्तर्गत महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका उत्पादनहरु जस्तै– स्कर्पियो, बलेरो पिकअप, एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, थार आदिका बिक्री (सेल्स), उत्कृष्ट सेवा (सर्भिस) र सक्कली स्पेयर पार्टसको लाभ उपलब्ध गराउनमा समर्पित हुने जानकारी दिएका थिए।
डडेल्धुरा र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रुपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यो शोरुमबाट महिन्द्राका सबै उपयोगी सवारीसाधन, एसयूभी, पिकअपसहितका सबै उत्पादन उपलब्ध हुनेछन्।
सोही दिन अग्नि ग्रुपले डोटीस्थित दिपायलमा रहेको दक्षिणकाली मोटर कोर्प प्रालिमा पनि अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र दक्षिणकाली मोटर कोर्प प्रालिका प्रबन्ध निर्देशक नविन जोशी ज्यूको हातबाट संयुक्त रुपमा थ्रीएस सेटपमै महिन्द्राका नयाँ शोेरुप र सर्भिस सेन्टरको उद्घाटन संयुक्त रुपमा गरिएको छ।
कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरुमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषक तथा कृषिकर्मीले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ।
कम्पनीका अनुसार यो थ्रीएस सेटअपसहितको शोरुम अग्नी इन्कर्पोरेटेड प्रालिअन्तर्गतको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो भने सर्भिस सेन्टर भने बालाजु अटो वक्र्स लिमिटेड अन्तर्गतको सुविधा सम्पन्न सर्भिस सेन्टर हो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19