काठमाण्डौ । अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ। 

कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधासम्पन्न शोरुम हो। नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन संयुक्त रुपमा अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले लोकत्रान्तिक वाणिज्य संघका संयोजक बबरजंग थापा, निम्स हस्पिटल दमकका उपाकान्त आचार्य, टीएमटी  व्रिक्स उद्योगका निर्देशक रवि केसी र सरकारी तथा स्थानीय प्रतिनिधिको उपस्थितिमा थियो। 

दमक र आसपासका ग्राहकलाई अधिकतम सुविधा र किफायती रुपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराई लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

शोरुमले महिन्द्राका युवराज २१५, जिवो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, यवो र नोभो आदिको ग्राहकलाई बिक्री तथा सेवाका साथै सक्कली स्पेयर पार्टस् उपलब्ध गराउने अग्नि ग्रुप दमकका शाखा प्रमुख कौशल शाहले जानकारी दिए। 

त्यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिन ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल र नयाँ उद्यमी र कृषिकर्मीलाई फाइदा पुग्ने कम्पनीले जनाएको छ।