काठमाण्डौ । ‘नाडा अटो शो’ तथा नेपालीको महान पर्वका अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ । यस वर्ष कम्पनीले सुजुकी पर्वोत्सव योजनालाई सधैंझैं अगाडि सारेको छ ।
हरेक वर्ष सुजुकीको आफ्नो पर्वाेत्सव योजनामा विभिन्न विशेषताहरुले भरिपूर्ण गर्दै आएको छ । यस वर्ष पनि कम्पनीले विशेष बनाएको छ । यो योजना नेपाली अटोमोबाइलको उद्योगमा उत्कृष्ट सुरुवात हो, जुन नाडा अटो शोदेखि प्रारम्भ भई दसैंतिहारसम्म लागू हुनेछ ।
वास्तवमै नेपाली समाजमा चाडपर्वमा नयाँ गाडी घर भित्र्याइने गरिन्छ। सुजुकीको पर्वोत्सवले सुजुकीका सबै मोडेलहरुका लागि एउटा वेस्ट डिलका रुपमा स्थापित हुनेछ ।
यस वर्ष सुजुकी पर्वोत्सव योजनामा रु. २ लाखसम्मको नगद छुट, अधिकतम रु. १ लाखसम्मको एक्स्चेन्ज बोनस, ई–स्क्र्याच सिस्टममार्फत अधिकतम रु. १ लाखसम्मको थप छुट तथा १ वर्षसम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ । यसका साथै नाडा अवधिभर नडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम रु. ५० हजारसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिनेछ ।
यसैगरी नाडा अटो शोको अवसरमा कम्पनीले आफ्ना उत्कृष्ट मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ । नाडा अटो शोमा कम्पनीले भ्चतष्नब, ऋष्बश र क् ऋचयकक गरी तीन मोडेलका गाडी पनि बिक्रीमा राखेको छ । जसको खरिद मूल्य क्रमशः रु ३८ लाख ९९ हजार, रु ३८ लाख २९ हजार तथा रु.४२ लाख ९९ हजार रहेको छ । यस कारले उपभोक्ताहरुको वातावरण मैत्री अटोमोबाइल्सप्रतिको धारणालाई परिवर्तनसमेत गर्ने विश्वास लिइएको छ ।
हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरणमैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ । दुई प्रकारका इन्जिनहरुबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ ।
हाइव्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ । यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले कार्य गर्दछ भने बाटोको अवस्था हेरी इन्जिनले पनि कार्य गर्दछ । त्यसैले यस्तो कारमा इन्धन ज्यादै नै कम खपत हुन्छ । अर्थात् कहिले ब्याट्रीको मात्र खपत हुन्छ भने कहिले ब्याट्रीका साथसाथै इन्धनको पनि खपत हुने गर्दछ । ब्यट्रीले मात्र इन्जिनमा शक्ति पुर्याउन नसकेको अवस्थामा इन्धन इन्जिनले सहयोग गर्दछ ।
हाइब्रिड कारमा रहेको इलेक्ट्रिक मोटर ब्याट्रीमा जोडिएको हुन्छ । यसले गर्दा हाइब्रिड प्रविधिबाट इन्जिनको क्षमता बढाउन सकिन्छ । साधारण कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा काइनेटिक इनर्जी खेरा जान्छ । तर हाइब्रिड प्रविधियुक्त कारमा जब ब्रेक लगाइन्छ, त्यस अवस्थामा उत्पन्न भएको काइनेटिक इनर्जीले हाइब्रिड कारमाभएको ब्याट्री चार्ज हुन्छ ।
वातावरणमैत्री हाइब्रिड कारले ग्राहकलाई असीमित यात्राको स्वतन्त्रता प्रदान गर्दछ । योजना विना नै पनि कतै यात्रा गर्नुपरेको त्यस्तो यात्रालाई कतै मोड्नुपर्दैन न त चार्जिङको तनाव नै व्यहोर्नुपर्ने हुन्छ । यात्रा गर्दा कुन विकल्पलाई छनोट गर्ने भन्ने कुरा चालक आफैँले तय गर्न सक्नु हुनेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19