अत्तरिया। शंकर गु्रपअन्तर्गतको जगदम्बा मोटर्स प्रालिले अत्तरियामा आफ्नो एक्स्क्ल्युसिभ थ्री एस (सेल्स, सर्भिस एन्ड स्पेयर्स)  सुविधा सम्पन्न नयाँ शोरुम ‘बागेश्वोरी मल्टी मोटर्स’ को उद्घाटन गरेको छ। 

शोरुम उद्घाटनका लागि आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा कैलाली गोदाबरीका उपमेयर रत्ना कडायत, उद्योग वाणिज्य संघ अत्तरियाका अध्यक्ष अशोक देवकोटा, वडाअध्यक्ष शर्मान्द भट्ट, अत्तरिया प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक नवराज पोखरेल, अत्तरिया ट्राफिक प्रमुख बामदेव गौतम, टीभीएस मोटर्स कम्पनीका कन्ट्री हेड दीपक मक्कर, जगदम्बा मोटर्सका उपसभापति/निर्देशक दीपककुमार अग्रवाल, जगदम्बा मोटर्सका बिक्री महाप्रबन्धक दीपक रौनियारको उपस्थिति थियो। 

कार्यक्रममा बागेश्वोरी मल्टी मोटर्सका प्रबन्ध निर्देशक प्रेम साउदले भने, “ग्राहकहरुले अत्याधिक रुचाएको ब्रान्ड टीभीएसको थ्रीएस सुविधा सम्पन्न नयाँ शोरुम अत्तरियामा खोल्न पाउँदा हामी निकै हर्षित छौँ। नयाँ शोरुमले टीभीएसका बाईक तथा स्कुटरको खरिदका साथै सर्भिसमा समेत ग्राहकलाई थप सहजता प्रदान गर्नेमा हामी आशावादी छौँ।” 

नयाँ शोरुमको उद्घाटनका साथै कम्पनीले कार्यक्रम मार्फत यूवा लक्षित १ सय २५ सीसी श्रेणी अन्तर्गतको अत्याधुनिक फिचर्स सुसज्जित नयाँ मोटरसाइकल टीभीएस रेडर पनि सार्वजनिक गरेको छ। ‘टीभीएस रेडर’ मोटरसाइकल सार्वजनिक कार्यक्रममा सप्तरंग ३ का चर्चित गायक राम कृष्ण ढकाल, अनिल सिंह, प्रमोद खरेल, बद्री पंगेनी, गायिका मिलन नेवार, अस्मिता अधिकारी, हास्य कलाकार राजा राजेन्द्र पोखरेल, सञ्चारकर्मी नरेश भट्टराई र निता प्रधानाङ्ग, टिक–टक स्टार उषा उप्रेतीलगायतको उपस्थिति थियो। 

युवालक्षित यस स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आईटच स्टार्ट, एनिमलिस्टिक एलईडी हेडल्याम्प जस्ता फर्स्ट–इन–क्लास फिचर्सका साथै फर्स्ट–इन–सेग्मेन्ट अन्डर सिट स्टोरेजपनि उपलब्ध गरिएको छ।