काठमाण्डौ । नोवल कोरोना भाइरस महामारी विरूद्ध लड्न तथा प्रकोप नियन्त्रण गर्न  प्रमुख रणनीति स्वरुप नेपाल सरकारले लकडाउन अर्थात् आमबन्दी सम्बन्धी आदेश जारी गरेको विदितै छ । नेपाल सरकारबाट चैत ११ गते लागूू हुने गरी जारी भएको यो आदेशले ७ दिनसम्म अत्यावश्यक अवस्था वा सेवा बाहेक सर्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएर आमबन्दीलाई कार्यान्वयनमा लगेको छ । यसका लागि सरकारले संक्रमण रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८  लागूू गरेर कानूनी वैधता दिएको छ ।
 
अत्यावश्यक सेवा तथा उत्पादन मात्र सञ्चालन गर्ने सरकारको आदेशलाई सबै क्षेत्रले प्रभावकारी कार्यान्वयन गरे प्रकोप नियन्त्रणमा सकारात्मक परिणाम  देखिने छ भन्ने विश्वास परिसंघले लिएको जनाएको छ ।
 
अत्यावश्यक सेवा तथा उत्पादन क्षेत्र बाहेकका अन्य उद्योग तथा व्यवसायको काम स्थगित गरेर नोवल कोरोना भाइरस संक्रमण फैलिनबाट रोक्ने सरकारको कदममा जिम्मेवारीपूर्वक सघाउन परिसंघ आफ्ना सदस्य उद्योग, प्रतिष्ठान, संघ संस्था, साझेदारहरु तथा सबै आम समुदायमा परिसंघले आग्रह गरेको छ ।
 
यसैगरी स्वास्थ्य संकटको यो घडीमा आ(आफ्नो तर्फबाट स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मीको हौसला बढाउने कार्यमा आवश्यक सहयोग गर्न समेत परिसंघ अध्यक्ष सतिस कुमार मोरले विशेष अनुरोध गरेका छन् ।
 
परिसंघका अध्यक्ष मोरले अत्यावश्यक सेवा तथा उत्पादनमा रहने उद्यमी व्यवसायी तथा श्रमिक वर्गले पनि कार्यस्थलमा एक अर्काबीच आवश्यक भौतिक दूरी कायम गरी आफू र आफ्नो समुदायको स्वास्थ्यलाई ख्याल गर्दै अत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन समेत आग्रह गर्दै भने ( ूअत्यावश्यक सेवा तथा वस्तुको उत्पादन र वितरणलाई चुस्त बनाउन भन्सार नाकाहरुमा स्थापनामा पहल थाल्न तथा कार्गो हवाई सेवालाई सुचारु राख्न समेत सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।ू साथै भारत र चीनतर्फका नाकामा रोकिएका कच्चा तथा तयारी वस्तुको अनलोड र ढुवानीको वन्दोवस्त मिलाई अत्यावश्यक वस्तुको उत्पादन र वितरण प्रणालीलाई सुचारु राख्ने आवश्यक व्यवस्था मिलाउनु पर्नेमा समेत परिसंघले जोड दिएको छ ।
 
स्वास्थ्य संकटसँग जोडिएर आएको विष्मयकारी आर्थिक संकटको गहिराइ मापन, यसको मूल्यांकन र गहन अध्ययनलाई परिसंघले अघि बढाएको पनि अध्यक्ष मोरले उल्लेख गरे ।