काठमाण्डौ । काठमाण्डौ १ मा विवेकशील साझा पार्टीका रविन्द्र मिश्र बाम गठबन्धनका उम्मेद्वारभन्दा अगाडि देखिएका छन् । 

यो क्षेत्रको सुरुवाती मतपरिणाममा कांग्रेस उम्मेद्वार प्रकाशमान सिंहले ९४० मतसहित अग्रता लिइरहेका छन् । उनलाई रविन्द्र मिश्रले ६७५ मतले पछ्याइरहेका छन् । तेश्रो नम्बरमा रहेका बाम गठबन्धनका तर्फबाट माओवादी उम्मेद्वार अनिल शर्माले २६८ मत प्राप्त गरेका छन् ।