काठमाण्डौ। नेपाल वायुसेवा निगमले अन्तत : तीन थान नयाँ जहाज खरिद गर्ने भएको छ ।

निगमले जहाज खरिदका लागि बोलपत्र आह्वान गरेको छ । निगमले सार्वजनिक गरेको सूचनामा तीन थान जहाज किन्न बोलपत्र आह्वान गरिएको उल्लेख छ ।आइतबार प्रकाशित सूचनमा उक्त बोलपत्रको अन्तिम म्याद डिसेम्बर ५ सम्म छ ।

नेपाल वायुसेवा निगमको संरचनात्मक एवम् व्यवस्थापकीय अध्ययन तथा सिफारिस समितिले नेपाल एयरलाइन्सको सोल्टी होटलमा रहेको सेयर बेचेर जहाज खरिद गर्न सुझाव दिएको थियो ।

निगमले सीधै जहाज निर्माता कम्पनीसँग जहाज खरिद गर्ने गरी योजना अगाडि बढाएको हो ।

केहि दिन अघिमात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दुर्गम क्षेत्रका विमानस्थलमा उडान गर्नका लागि तीन ओटा ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारी रहेको बताएका थिए ।

ती जहाज खरिदपछि निगमले घरेलु उडानतर्फ २२ वटा गन्तव्यमा सेवा दिने लक्ष्य लिएको छ ।दुर्गम क्षेत्रमा निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडादर केही हदसम्म कम हुने निगमको विश्वास छ ।  

घरेलु उडानतर्फ निगमसँग हाल दुई थान ट्वीनअटर जहाज छन् ।

हेर्नुस सूचना :