काठमाण्डौ । पोखरा सारांकोटस्थित अन्नपूर्ण केवलकारको माथिल्लो स्टेसनमा सञ्चालनमा रहेको जोशी क्याफेले ग्राहकका लागि नयाँ वर्ष २०७९ सालमा अफर सार्वजनिक गरेको छ।

जोशी क्याफेले नयाँ वर्षको स्वागतसँगै २०७८ साललाई अविष्मरणीय एवं मनोरन्जनात्मक रुपले बिदाइ गर्न यही चैत २९, चैत ३० र नयाँ वर्ष वैशाख १ गते अन्नपूर्ण केवलकारमा यात्रा गर्ने यात्रुहरुलाई लक्षित गरी विभिन्न सेवासुविधा तथा मनोरन्जनात्मक क्रियाकलाप आयोजना गर्ने भएको हो। जसअन्तर्गत लाइभ साँस्कृतिक कार्यक्रममा प्रज्ज्वल समूहको प्रस्तुति रहनेछ।

काठमाण्डौमा रहेका जोशी क्याफेको दुई वटा आउटलेटमार्फत प्रवाह गरिरहेको सेवासुविधाबाट उपभोक्तामाझ उत्कृष्ठ छाप पार्न सफल छ। यो क्याफेले आफ्नो सेवा विस्तार गर्ने क्रममा उपत्यकाबाहिर पहिलो शाखा मुलुककै पर्यटकीय नगरी पोखरामा सेवा सुरुआतको पूर्वसन्ध्यामा पोखरेलीवासीहरु र पोखरा पुग्ने पर्यटकहरुलाई यस क्याफेबाट दिइने सेवासुविधाको विषेश अवसरको भरपूर आनन्द एवं सन्तुष्टि लिई नयाँ वर्ष २०७९ को स्वागत एवं २०७८ को बिदाइ अनुरोध गरेको छ।