काठमाण्डौ । टर्किस एयरलाइन्ससँगको सहकार्यमा ग्लोकल आफ्टर स्फुलले आयोजना गरेको चित्रकला प्रतियोगिताको विजेता उर्मिला थापा भएकी छन्।
गत मार्च २६ मा एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको प्राँगणमा आयोजना भएको ‘फलाइङ विथ टर्किस एयरलाइन्स’ नामक अन–साइट थिम चित्रकला प्रतियोगिताको विजेता काठमाण्डौ मोडल कलेजकी विद्यार्थी उर्मिला थापा भएकी हुन्। टर्किस एयरलाइन्सले उक्त प्रतियोगित भिजुअल आर्टमा विद्यार्थीहरुको प्रतिबिम्बित र सिर्जनात्मक सोचलाई प्रबर्द्धन गर्न र उनीहरुको सपना पूरा गर्न सहयोग पुर्याउने हेतुले आयोजना गरेको हो। प्रतियोगिताकी विजेता थापाले काठमाण्डौदेखि जर्मनीको इकोनोमी क्लास टिकट हात पारेकी छिन्। थापाले आफ्नो ‘ड्रिम डेस्टिनेसनका रुपमा जर्मनी रोजेकी थिइन्।
उक्त प्रतियोगितामा थापासहित अन्य २० जना प्रतिष्पर्धीले सहभागिता जनाएका थिए।
टर्किस एयरलाइन्सका महाप्रबन्धक अब्दुल्ला टुन्सर केसेसीले विजेता उर्मिला थापालाई पुरस्कार हस्तान्तरण गरे। पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै अब्दुल्लाले युवाहरुको कलात्मक प्रतिभालाई उजागर गर्न चित्रकला प्रतियोगिता आयोजना गरिएको बताए। ‘युवासँग सम्बन्धित क्रियाकलापलाई सहयोग गर्न र यस्ता प्रकारका प्रतियोगिता आयोजना गर्न टर्किस एयरलाइन्स सधैव तत्पर छ। यो प्रतियोगितामा सहभागीता जनाउने सम्पूर्णप्रति हामी कृतज्ञ छौँ र अर्को वर्षसमेत सहभागिताको अपेक्षा राखेका छौँ’, उनले भने।
यस्तै अब्दुल्लाले विजेता थापा कलात्मक र सिर्जनशील भएको भन्दै उनको कलाको प्रशंसा पनि गरे।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago