काठमाण्डौ । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ८ लाख ७० हजार कित्ता सेयरका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ। 

उक्त नियुक्तिसम्बन्धी सम्झौता आज बुधबार सम्पन्न भएको हो। सम्झौतापत्रमा अपर स्याङ्गे हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष वीरबहादुर घले तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन्। 

कम्पनीले लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका–४ स्थित स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ। कम्पनीको भौतिक कार्य अन्तिम चरणमा रहेको र कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि विद्युत नियमन आयोगमा आवेदन दिने तयारीमा रहेको कम्पनीका कार्यकारी अध्यक्ष घलेले जानकारी दिए।