काठमाण्डौ । टीभीएस अपाचे आरटीआर १६० भी फोर एफआईण्को विशेष संस्करण नेपालमा सार्वजनिक हुने तयारीमा रहेको छ। 

टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करण नेपाल सार्वजनिक गर्ने तयारी गरेको हो। 

अपाचे आरटीआर १६० भी फोर एफआई सेग्मेन्टमा ग्राहकहरुका लागि थप छनोटको विकल्प दिने उद्देश्यका साथ विशेष संस्करण ल्याउने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ। अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणमा कम्पनीले सेग्मेन्टमै पहिलोपटक विभिन्न थप फिचरपनि उपलब्ध गराउनेछ। 

कम्पनीले सेग्मेन्टमै पहिलोपटक तीन राइडिङ मोड तथा समायोजनको सुविधासहितको ह्यान्ड ब्रेक लिभर र क्लच लिभर पनि उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ। साथै, अद्वितीय डिजाइनमा हल्का र लाउडर बुल्पुप एक्जस्टसँगै टीभीएसका उपभोक्ताले बाटो र मौसमको आवश्यकताअनुसार ड्राइभिङ मोड छनोट गर्न सक्नेछन्। 

अपाचे आरटीआर १६० भी फोर एफआईको विशेष संस्करणलाई स्पोर्टी बडी डिलक्स र स्पेसल कलर थीममा तयार गरिएको कम्पनीको भनाइ छ। 

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दुईपांग्रे सवारीसाधनका लागि एकमात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ। 

गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टीभीएस नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्रान्डका रुपमा स्थापित छ।