काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले लोहत्से बहुउदेश्यीय प्रालिको सहभागितामा बस टिकट बुकिङ सेवाको भुक्तानी गर्न पाउने गरी एक थप सुविधा ल्याएको छ।
अब बसको टिकट खरिद गर्दा ग्राहकले मोबाइल मनी÷वालेटबाट क्यूआर स्क्यान गरी फोनपे नेटवर्कअन्तर्गत भुक्तानी गर्न सकिनेछ।क्यूआरद्वारा बस टिकटको भुक्तानी गर्न पाउने सेवा तत्काल काठमाण्डौको गोंगबु बसपार्कको टिकट काउन्टरहरुमा उपलब्ध रहेको बैंकले जनाएको छ। क्यूआर पेमेन्टले ग्राहकलाई छिटो एव छरितो सहज रुपले भुक्तानी गर्न सक्ने विश्वास बैकले लिएको छ।
लक्ष्मी बैंकले विगतमा क्यूआर पेमेन्टलाई अस्पताल, सपिङ मल, इन्टरनेट सेवाप्रदायकलगायत विभिन्न सानाठूला व्यापारिक संस्थाहरुमा सञ्चालन गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19