काठमाण्डौ । टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालको एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अटोपार्टस प्रालि र नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराज बिच सहर्काय गर्ने सम्झौता भएको छ। अनलाइन स्टार दराजमा टाटा जेन्युइन पार्टस र टाटा मोर्टस जेन्युइन आयल उपलब्ध हुन थालेको छ।

काठमाण्डौस्थित हायात प्यालेस होटेलमा आयोजित एक कार्यक्रममा  सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको प्रमुख उपस्थिति र काठमाण्डौ उपत्यकाभित्रका खुद्रा बिक्रेताहरु अनि देशभरका टाटा गुरुहरुको उपस्थितिमा सिप्रदी अटोपार्टसका सिनियर जेनरल म्यानेजर युवराज बुढराथोकी र दराज अनलाइन स्टारका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नवीन रानामगरबीच सहमति र सहकार्यको सम्झौता भएको हो।

अब टाटा मोटर्सका ग्राहकले छिटोछरितो र सहज रुपमा टाटा जेन्युइन पार्टस तथा टाटा मोटर्स जेन्युइन आयल खरिद गर्न सक्नेछन्। यसबाट ग्राहक नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था रहने छैन र उचित मूल्यमा जेन्युइन पाटसहरु प्राप्त गर्न सक्नेछन्।