काठमाण्डौ । निजी स्कुलका शिक्षक तथा कर्मचारीले अब निःशुल्क रुपमा ‘मेरो डाक्टर’ मा अनलाइन भिडियो परामर्श सेवा लिन पाउने भएका छन्।

निजी तथा आवासीय स्कुलहरुका छाता संगठन प्याब्सन र एनप्याब्सनले मिदास टेक्नोलोजिस प्रालिसँगको सहकार्यमा स्कुलका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमै बसेर यो स्वास्थ्य परामर्श सेवा एक महिनाका लागि निःशुल्क मिलाइएको हो। कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भई बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसक्दा समयमै उपचार वा परामर्श नपाएर उनीहरूको रोग बढी च्यापिसकेको अवस्थामा पुग्ने जोखिमलाई न्यूनीकरण गर्न यस्तो सहकार्य गरिएको मिदासले जनाएको छ। 

मिदासले सञ्चालनमा ल्याएको ‘मेलो डाक्टर’ टेलिमेडिसिन सेवामा २०० भन्दा बढी विशेषज्ञ डाक्टर नियमित रुपमा भिडियोमार्फत परामर्श दिन उपलब्ध छन्। बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट मेरो डाक्टरमा उपलब्ध कुनै पनि डाक्टरहरुसँग  एपोइन्टमेन्ट लिई दोहोरो संवाद गरेर स्वास्थ्य परामर्श लिन सक्ने मिदासले जनाएको छ। 

शिक्षामा जस्तै स्वास्थ्यमा सेवामा सहयोग गर्न पाउँदा सहयात्री एवं सहयोगी महसुस भएको मिदासले जनाएको छ। 

‘मेरो डाक्टर’ बाट सेवा कसरी लिने ?

  • बिरामीहरुले मोबाइल अथवा ल्यापटपमार्फत कुनै पनि समय र स्थानबाट यो टेलिमेडिसिन सेवा लिन सक्नेछन्। 
  • यदि एन्ड्र«ोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिन्छ । 
  • आईओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सकिन्छ । 
  • ल्यापटप वा डेक्सटपबाट यो सेवा लिन चाहेमा 'www.merodoctor.com' टाइप गरेर यो सेवा लिन सकिन्छ ।
  • ‘मेरो डाक्टर’  कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help ले थप मद्दत गर्नेछ । सजिलोका लागि यो लिंकमा म्यानुअल राखिएको छ ।
  • वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछ–

9847691129, 9823012581, 9847393153, 9847396536