काठमाण्डौ । अब नेपाली उपभोक्ताले नोकिया बार फोन किनेको १ वर्षसम्म रिप्लेसमेन्ट वारेन्टि पाउने भएका छन्।
नोकिया फोनहरुको उत्पादक एचएमडी ग्लोबलले किनेको १ वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो। टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा सबैजना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफूसँग राख्न चाहन्छन्।
उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टि अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो।
यो क्याम्पेनअन्तर्गत उपभोक्ताले अधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन्। यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१० र १२५ मोडलमा लागू हुनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago