काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना सार्वजनिक गरेको छ।
फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआरमार्फत भुक्तानी गर्न प्रेरित गर्ने उद्देश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको कम्पनीले हो। यो योजनाअन्तर्गत प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्ने कम्पनीको भनाइ छ।
यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले रु. १ हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले रु. १० हजार तथा हरेक महिना १ जना प्रयोगकर्ता र मर्चेन्टले रु. १ लाख जित्न सक्ने कम्पनीले जनाएको छ। यस्तै बम्पर उपहारमा १ जना भाग्यशाली प्रयोगकर्ता र १ जना मर्चेन्टले १÷१ वटा यमाहाको रेजेडआर आई१२५एफ वान स्कुटर जित्न सकिनेछन्।
बम्पर उपहार योजनाको अन्तिममा सार्वजनिक गरिने बताइएको छ। यो योजना ८ मंसिरदेखि माघ ११ गतेसम्म सञ्चालन हुनेछ।
फोनपेसँग आबद्ध बैंक तथा ईसेवाको मोबाइल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यो उपहार योजनामा सहभागी हुने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago