काठमाण्डौ । ग्राहकलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नका लागि भायानेटले ईएमआई अफर ल्याएको छ।
ईएमआई अफरअन्तर्गत ग्राहकले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा एकमुष्ट रकम नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपले शुल्क तिर्न सकिने प्रावधान छ।
यो अफरमार्फत ग्राहकले १२ महिनाको अवधिको मासिक ईएमआईमात्र रु. १९५६ तिरेमा पाउने कम्पनीले जनाएको छ। यसमा ग्राहकले १२ महिनाको अवधिको ३० एमबीपीएस इन्टरनेट र भायाटिभी टेलिभिजन प्याकेज र त्यससम्बन्धी लाग्ने सबै जडान खर्च, फाइबर वाईफाई डिभाइस र एउटा सेट–टप–बक्स (वैकल्पिक) पाउनछन्।
ईएमआई अफर लिने ग्राहकलाई थप १ हजार रिवार्ड प्वाइट पनि उपलब्ध गराइने कम्पनीले जनाएको छ। यो अफर भायानेटको अन्य प्याकेजमा पनि उपलब्ध बताइएको छ।
यो अफर हाल एनआईसी एशिया बैंकको क्रेडिट कार्ड ग्राहकहरुका लागि सीमित छ। तर छिट्टै नबिल बैंक र अन्य बैंकहरुसँग पनि समझदारी हुने भायानेटले जनाएको छ।
यसरी ईएमआईमा पैसा तिर्दा ग्राहकले १ वर्षको इन्टरनेटसहित जडान खर्च र डिभाइसहरुको मूल्य सजिलै मासिक रुपमा विस्तारै तिर्ने सुविधा प्रदान गरिएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago