 
                     
                                
                             
                                    काठमाण्डौ । मनकामना दर्शन गर्न जाने भक्तजनले मनकामना केबुलकारको टिकट मोबाइलमा ‘खल्ती’ डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन्। खल्तीले शुल्क भुक्तानी गर्नेसम्बन्धी मनकामना केवलकारसँग सम्झौता गरेको हो।
खल्तीका ग्राहकले खल्ती डटकम वेब पेज वा मोबाइल एपमा रहेको मनकामना केवलकारको मेनुमा ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन्। यसरी शुल्क भुक्तानी गरेपछि ग्राहकलाई मोबाइलमै ई–टिकट प्राप्त हुनेछ। त्यही टिकट देखाएर ग्राहकले केबुलकारमा यात्रा गर्न सक्नेछन्। खल्तीबाट टिकट शुल्क भुक्तानी गर्न सकिने भएपछि ग्राहक लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त हुनेछन्।
‘खल्ती’ डिजिटल वालेट नेपालको लोकप्रिय पेमेन्ट गेटवे हो। जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो। ‘खल्ती’ वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ। साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’ का प्रयोगकर्ताको संख्या १४ लाखभन्दा बढी छन्।
मनकामना केबुलकार हाल कोरोना भाइरसका कारण सञ्चालन बन्द रहेको छ। केबुलकार सञ्चालनमा आएपछि यो सेवा सुरु हुने कम्पनीले जनाएको छ।
‘खल्ती’ एप Khalti.com/app बाट डाउनलोड गरी उपलब्ध सबै सेवाहरुको अनलाइन भुक्तानी गर्न सकिन्छ। मोबाइलमा डाउनलोड गर्न गुगल प्ले स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19