काठमाण्डौ । प्रधानमन्त्री निर्वाचनमा १७ पटकसम्म लगातार हारको इतिहास बनाएका नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल अभागी साबित भएका छन् । 

कांग्रेसको गत महाधिवेशनमा पार्टी सभापतिमा समेत उनले शेरबहादुर देउवासँग निकै लज्जास्पद हार व्यहोर्नु परेको थियो । 

हारै हारको इतिहास बनाउँदै अगाडि बढेका पौडेलले प्रतिनिधिसभाको निर्वाचनमा यसपटक समेत हारको नयाँ अध्याय थपेका छन् । 

तनहुँ क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका पौडेल एमालेका किसान(कृष्ण)कुमार श्रेष्ठसँग करिब ६४ सय भन्दा बढी मतको अन्तरले पराजित बन्न पुुगेका छन् । 

श्रेष्ठले २९ हजार ३ सय ८१ म्त ल्याई विजयी भए । पौडेलले भने २३ हजार ८ सय ५७ मत मात्रै ल्याए ।