काठमाण्डौ । हेभी इक्युप्मेन्टको जगतमा विश्वभर ख्यातिप्राप्त गरेको बबक्याटका लागि नेपालका आधिकारिक बिक्रेता इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड कन्स्ट्रक्सन सर्भिस प्रालिले नेपाली भूगोलका लागि उपयुक्त हुने बबक्याट बी ७६० ब्याक्हो लोडर नेपाली बजारमा बिक्री वितरणका लागि सार्वजनिक गरेसँगै बुकिङ पनि खुला गरेको छ। उक्त मेसिन एसियन बजारलाई मध्यनजर गर्दै इन्डियाको चेन्नई फ्याक्ट्रीबाट उत्पादन गरी नेपाललगायत अफ्रिकन मुलुकहरुमा पनि बिक्रीवितरणका लागि तयार पारिएको हो।
बबक्याट बी ७६० लाई नेपालका तराई, पहाड र हिमाल तीनै भूभागमा पूर्वपरीक्षण गरी सार्वजनिक गरिएको हो। उक्त मेसिनमा रहेको हिटिङ प्रविधि परीक्षणका लागि नेपालको माथिल्लो मुस्ताङ (४००० अल्टिट्युड उचाइ) मा परीक्षण गर्दा मेसिन सहजै सुचारु भएको थियो।
अमेरिकी प्रविधिबाट निर्मित बी ७६०मा विश्व प्रसिद्ध पर्किन्स इन्जिनको प्रयोग गरिएको छ। जसले ९४ हर्स पावरको शक्ति प्रदान गर्छ। उच्च बकेट कर्ल एंगलका साथै उच्च ब्रेकिङ शक्तिसमेत रहेकोले कार्य सम्पादनमा द्रुतता र सहजता प्रदान गर्न यो एक भरपर्दो उपकरण रहेको दाबीसमेत कम्पनीले गरेको छ।
यसमा रहेको विशेष कुलिङ सिस्टमका कारण उच्च तापक्रममा कार्य सम्पादन गर्न सहज हुनेछ। यसका साथै यसको १६ डिग्री असिलेसन एंगलले असमान भूभागमा पनि सहजै काम गर्न मद्दत पुग्नेछ र लामो आर्मका कारण अधिक गहिराई सम्म खन्न सहज हुने कम्पनीले जनाएको छ।
७४ बर्षको सफल इतिहास बोकेको बबक्याटले झन्डै १०० भन्दा बढी मुलुकमा आफ्ना ९०० भन्दा बढी डिलर्समार्फत सेवा प्रदान गर्दै आइरहेको छ। हाल सञ्चालनमा रहेका हेभी कम्प्याक्ट इक्युप्मेन्टहरुमध्ये संख्यात्मक रुपले हेर्दा विश्वभर बबक्याट नम्बर १ मा रहेको कम्पनीले दाबी गरेको छ।
हाल नेपालका काठमाण्डौ, नारायणगढ, बुटवल, धनगढी, नेपालगन्ज, पोखरा, वीरगन्ज, इटहरीलगायत विभिन्न मुख्य सहरहरुमा रहेका शाखा कार्यालयबाट बबक्याट बी ७६० को बुकिङ गर्न सकिनेछ। बबक्याट बी ७६० ब्याक्हो लोडरसम्बन्धी थप जानकारीका लागि कम्पनीको हटलाइन सेवा ९८०११६४९९१ मा सम्पर्क गर्न सकिनेछ वा www.bobcatnepal.com मा गई जानकारी प्राप्त गर्न सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago