काठमाण्डौ । ‘खल्ती’ ले अरिजित सिंहको लाइभ म्युजिकल शोमा एकमात्र टिकटिङ पार्टनरका रुपमा सम्झौता गरेको छ। 

यस सम्झौतापश्चात गराज इन्टरटेनमेन्ट र एमएन प्रडक्सनले आयोजना गरेको नोभेम्बर २५ मा काठमाण्डौको हायात रिजेन्सी ग्राउण्डमा दिउँसो २ बजे सुरु हुने अरिजित सिंहको लाइभ शोको टिकट सबैले सजिलै ‘खल्ती’मार्फत किन्न सक्नेछन्। 

अहिले बलिउडका सबैभन्दा लोकप्रिय गायक साथै विश्वव्यापी संगीत स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईमा २०२०–२०२२ को सबैभन्दा स्ट्रिम गरिएको भारतीय कलाकारका रुपमा परिचित छन्। अरिजित सिंहको लाइभ म्युजिकल शोको टिकट सजिलै सुविधा जनक तवरबाट संगीतप्रेमी प्रयोगकर्ताले प्राप्त गरुन् भन्ने प्रतिबद्धताका साथ ‘खल्ती’ ले यो सुविधा उपलब्ध गराएको छ। यस सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले निर्धक्क भई टिकट खरिद गरी आफ्नो स्थान सुरक्षित गर्न सक्नेछन्।

यसबारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, ‘हामी यस कार्यक्रममा टिकटिङ पार्टनरका रुपमा प्रस्तुत हुन पाउँदा अत्यन्त उत्साहित छौँ। ट्रेन्डी तथा लाइफ इस्टाइल ब्रान्डका रुपमा परिचय बनाउन सफल रहेका हामी प्रयोगकर्ताको दैनिक कारोबारदेखि लिएर विभिन्न अविस्मरणीय अनुभवहरुको  पाटोका रुपमा स्थापित हुने प्रतिबद्धताका साथ अघि बढिरहेका छौँ। यसै उद्देश्यलाई यथावत् राख्दै हामीले प्रयोगकर्तालाई सहज तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्ल्याटफर्ममार्फत उपलब्ध गराएका छौँ।’

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै WITSA Global Innovation & Tech Excellence Awards 2022  बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा छ। खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वितिय संस्था, १ हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारी को परिवारमा रुपान्तरण भएको छ। 

सम्पूर्ण नेपालीमा वित्तीय साक्षरता पुर्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा, र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र अन्य थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराउँदै आएको छ।