 
                     
                                
                             
                                    काठमाण्डौ । सीजी होल्डिङ्सअन्तर्गतको सीएसआर डिभिजन अरुण चौधरी फाउन्डेसन (एसीएफ)ले जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्पपीडितलाई आपतकालीन राहत सामग्री प्रदान गरेको छ।
जाजरकोट र रुकुम पश्चिमलगायतका जिल्लामा भूकम्पका कारण व्यापक क्षति भएको र हाल त्यहाँको जीवन निकै कष्टकर वन्दै गएको छ। आधारभूत आवश्यकता जस्तैः खाद्यान्न, औषधि, लत्ताकपडा र आवाशको अभाव हुँदै गएको छ।
संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नका लागि १६ टन राहात सामग्री उपलब्ध गराएको हो। संस्थाले उक्त राहत प्याकेज जाजरकोटको नलगाड नगरपालिकाकाका मेयर डम्बरबहादुर राउतलाई सीधै हस्तान्तरण गरेको छ।
स्वःस्फुर्त एवं सक्रिय प्रयासका रुपमा सीजी होल्डिङ्सका कर्मचारीले समेत स्वेच्छापूर्वक १ दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान दिएका छन्। संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिँदै सबैलाई प्राकृतिक प्रकोपबाट प्रभावितलाई हरतरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ।
यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19