काठमाण्डौ । कम्युनिष्ट दलहरुबाट अर्थमन्त्री भएकाहरुलाई जनताले खुबै रुचाएका पाइएको छ । पूर्व अर्थमन्त्री विष्णुु पौडेलले मात्र नभई माओवादी नेता तथा अर्का पूर्व अर्थमन्त्री कृष्णबहादुर महराले समेत निकै फराकिलो मतअन्तरले अग्रता लिइरहेका छन् । 

दाङ २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वार रहेका नेता महराले २४ हजार ५ सय ७७ मत प्राप्त गरिसकेका छन् । उनका निकटतम प्रतिदन्दी नेपाली कांग्रेसका राजुु खनालले १५ हजार ८ सय ७९ मत मात्र ल्याएका छन् । यसरी महराले करिब ९ हजार मतको अन्तरले अग्रता बढाएका छन् ।