काठमाण्डौ । लोकप्रिय भारतीय ओटिटी प्लेटफम अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्द्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ।
नेपालमा यसको प्रवर्द्धन र वितरण टेलिनेटले सुनिश्चित गर्नेछ। डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवेजस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरुले घरमै बसेर आनन्द लिन सक्नेछन्।
अल्ट बालाजीमा रहेको रोमाञ्चक कार्यक्रमहरु हेर्न चाहने नयाँ प्रयोगकर्ताका लागि यो सहकार्य महत्वपूर्ण मानिएको छ, जुन योभन्दा अगाडि धेरैको पहुँचमा थिएन।
टेलिनेट अल्ट बालाजीको एक आधिकारिक–पुनबिक्रेता हो। यसका माध्यमबाट प्रयोगकर्ताहरुले एकल प्लेफर्ममा सबै ओरिजिनल, वेब सिरिज, चलचित्र र अन्य सामाग्रीहरुमा निरन्तर पहुँच पाउनेछन्।
प्रयोगकर्ताले यी सामग्री मोबाइल, ल्यापटप, स्मार्ट टीभी र एन्ड्रोइडमा हेर्न सक्नेछन् भने कुनै एक सदस्यले ५ वटासम्म प्रोफाइल बनाउन सक्नेछन्। यसका साथै नेपाली प्रयोगकर्ताहरुले धधध।नाकबचभलब।अयmरब्तिदबबिवष् मा गएर ई–सेवा, खल्ती, आइएमई पे र सेल पेजस्ता डिजिटल वालेटहरु प्रयोग गरी सदस्यता लिन सक्नेछन्।
टेलिनेटको प्रमुख कार्यकारी अधिकृत नभंकर सुद भन्छन्, ‘मनोरञ्जनमा रमाउनेहरुका लागि ओटीटी प्लेटफर्म अहिलेको नयाँ लहर हो। विभिन्न व्यापार मोडलहरुमार्फत प्रयोगकर्तालाई मनोरञ्जनका सामग्रीमा निर्बाध पहुँच प्रदान गर्ने हाम्रो रणनीतिले नेपाल बजारका लागि सहकार्यमा नयाँ आयाम सुनिश्चित गर्नेछ भने अल्ट बालाजीले नेपालका दर्शकहरुका लागि निरन्तर उच्च गुणस्तरको आकर्षक सामग्री प्रवाह सुनिश्चित गर्नेछ।”
‘टेलिनेटसँगको साझेदारी अल्ट बालाजीका लागि विश्व बजारमा आफ्नो उपस्थिति जनाउनका लागि महत्वपूर्ण कदम हो। अल्ट बालाजी आफ्नो प्लेटफर्मलाई सकेसम्म प्रयोगकर्ता–मैत्री बनाउन निरन्तर प्रयासरत छ र यो साझेदारीले हाम्रो ब्लकबस्टर सामग्रीमार्फत थप दर्शकलाई आकर्षित गर्नेछ। यसका साथै पेमेन्ट गेटवेहरुसँगको दुईको टाई–अपले पहिले सम्भव नभएको एक–क्लिकमै एक्टिभेशनको सुविधा प्रदान गर्दै यस प्लेटफर्मको पहुँचलाई अझ फराकिलो बनाउनेछ’, अल्ट बालाजीको बजार तथा राजस्वको एसभीपी दिव्या दीक्षित भन्छिन्।
८९ भन्दा धेरै भारतीय ब्लकबस्टर ओरिजिनल रहेको अल्ट बालाजीले दर्शकहरुलाई मनोरञ्जनको दैनिक खुराक प्रदान गर्दछ। दर्शकहरुको विविध स्वादअनुसारको विभिन्न विधाका समाग्री यस प्लेटफर्ममा हेर्न सकिनेछ।
रमेश कर्पको सहायक कम्पनी टेलिनेट एक स्थापित आईटी कम्पनी हो। यो कम्पनी नेपालमा टेलिकम अपरेटर, एप्लिकेसन डेभलपमेन्ट, क्लाउड कम्प्युटिङ, एमहेल्थ, एसएमएस र टेलिभोटिङ प्लेटफर्महरुका लागि थप परिष्कृत गर्ने कार्यमा संलग्न रहेको छ। रमेश कर्प उत्पादन, उपकरण, बैकिङ र बीमा, माइनिङ, जलविद्युत, आईटी, अटोमोबाइल र उपभोक्ता इलेक्ट्रोनिक्सजस्ता थुप्रै क्षेत्रहरुमा विस्तारित कम्पनीहरुको समूह हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago