काठमाण्डौ ।  अल्टिमा लाइफस्टाइलले यस वर्षको ‘दराज सेलर समिट २०२३’ बाट ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ । 

यो अवार्डले बजारमा एक विश्वसनीय ब्रान्डको रूपमाअल्टिमाको उपस्थितिलाई बलियो बनाएको र ग्राहकहरूलाई उत्कृष्ट उत्पादन र सेवाहरू प्रदानगर्ने ब्रान्डको प्रतिबद्धतालाई उजागर गरेको कम्पनीले बताएको छ ।

उक्त अवार्डले दराज मार्केटप्लेसमा अल्टिमाको उत्कृष्ट प्रदर्शन र योगदानहरूलाई मान्यता दिएको बताइएको छ ।कम्पनीले आफ्नो उल्लेखनीय विक्री आकडा,ग्राहक सन्तुष्टि र उत्पादन गुणस्तरको कारण धेरै प्रतिस्पर्धीहरूबीच अगाडि आएको पनि बताएको छ ।

नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३मा ७०० प्रतिशतले बृद्धि गरि सबै रेकर्ड तोडेको छ । अल्टिमा लाइफस्टाइलले सन् २०२३ मा दाराजमा अत्यधिक २६ हजारभन्दा बढी अर्डरहरू प्राप्त गरेको बताइएको छ ।